काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी महिला विभागको आयोजनामा सातदिने ‘एडभान्स नेल आर्ट’ तालिम शुरु भएको छ । आजदेखि शुरु भएको नेल आर्ट तालिममा ३३ जना विद्यार्थी सहभागि छन् । प्रवासी नेपाली मञ्चको आफनै भवनमा शुरु भएको तालिमको उदघाट्न गर्नुहुँदै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रि कमिटीका निर्वतमान अध्यक्ष सञ्जय थापाले तालिम लिई आत्मनिर्भर भई देशमा नै केहि गर्न सक्नुहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले तालिम मात्र तालिमको लागि नभएर सिप सिकेर उद्यमी बन्न तालिम लिनु पर्ने बताउनु भयो । उहाँले तालिम पछि स्वरोजगार बन्नुका साथै सवै आत्मनिर्भर बन्नुहोस भन्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रिटर्नी फेडेरेशनका अध्यक्ष विनोद भटटराईले सिप मुलक तालिम विदेश जाने महिला दिदीबहिनीहरुका लागि अति नै आवश्यक भएको बताउनुभयो । समय अनुसारको सिप सिकाईले आफुलाई व्यवसायिक बनाउन थप मद्धत पुग्ने उहाँको विश्वास थियो ।

कार्यक्रममा प्रशिक्षक एव नेल टेक्निसियन श्रृति खड्गीले नङ्ग सिगार्नु भनेको आफनो कन्फिडेन्ट बढाउने कार्य भएको बताउदै आफनो सिकाई अवधिभर सकेसम्म धेरै कुराको ज्ञान दिन कोशिश गर्ने बताउनु भयो ।

कार्यक्रममा महिला विभाग सचिव सरिता भटटराईले नेल आर्टको माध्यमबाट महिलालाई आत्मनिर्भर, शशक्तिकरण र व्यवसायीक बनाउनका लागि सिप विकास गराउने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । यसअघि नै बेसिक तालिम लिइसकेका ३३ जना विद्यार्थीलाई पुन एडभान्स तालिम दिएर सिपलाई थप निखार गर्ने कोसिस गरेको उहाँले बताउनुभयो ।
सौन्दर्यको विभिन्न विद्याहरुमध्ये महिलाहरुले अहिलेको समयमा नङलाई पनि विभिन्न तरिकाले श्रृगार्ने चलन बढीरहेको कुरालाई मध्य नजर गरी तालिमको आयोजना गरिएको आयोजकले बताएको छ । प्रवासी नेपाली मञ्च विश्वभर छरिएर रहेका नेपालीहरुको हकहितका लागि काम गर्दै आएको संस्था हो ।


