३ मंसिर २०८१, सोमबार 1731925869
Banner

बिहिबार संघिय सांसदको शपथ लिएका वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज दिए राजीनामा


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । बिहिबार संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष हुन ।