काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएको थियो ।
तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो । दाहाल यसअघि २०६५ र २०७३ मा ९९ महिनाको अवधि प्रधानमन्त्री बन्नुभएको थियो । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।