३ मंसिर २०८१, सोमबार 1731944196
Banner

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

काठमाडौं । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।

पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन भएपनि सरकारमा नजाने भएको हो । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।