४ मंसिर २०८१, मंगलबार 1732005149
Banner

विश्वासको मत सबैसँग माग्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई विश्वासको मत दिन अरु दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि आज बसेको संसदीय दलको बैठकले सबै दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै माओवादीले विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय पनि गरेको छ । माओवादीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदै हुनुहुन्छ ।