७ जेष्ठ २०८३, बिहिबार 1779397355
Banner

जनताको अपेक्षा अनुसार काम गरौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकांक्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको पहिलो बैठकमा आज दलको तर्फबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । “हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उहाँले भन्नुभयो, “सांस्कृतिक मूल्य मान्यता विर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”

‘जनताले नयाँ परिवर्तन खोजेकाले नयाँ सरकार आएको उहाँको भनाइ थियो । त्यहीकारण नयाँ दल आएका हुन्। जनताले परिवर्तन खोजेकैले आज संसदमा नयाँ दल देखिएको उहाँको भनाइ थियो ।