काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्नु कुनै औचित्य नभएको बताउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीमा प्रचण्डको विरोध गर्नुमा कुनै तुक नभएको बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गर्नुभयो ।
उहाँले भन्नुभयो, दुई वर्षपछि भोट हाल्छु भनेकै थियो। अहिले हाल्दा के भयो र ? कांग्रेसको राम्रो निर्णय हो। स्वागत मात्रै गर्दिन। धन्यवाद पनि दिन्छु।