१ जेष्ठ २०८३, शुक्रबार 1778891854
समाचार

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईका अनुसार फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।