१ जेष्ठ २०८३, शुक्रबार 1778902443
Banner

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखसहित ३ मन्त्री पाउने, मन्त्री छान्ने जिम्मा अध्यक्षलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिनुभयो ।

सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उहाँलाई नै दिइएको हो । मन्त्रालय भागबन्डाको टुङ्गो लगाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रास्वपा स्रोतको अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् ।