काठमाडौं । निर्वाचन आयोगले आज मंगलबारदेखि मतदाता नामावली दर्ता अभियान पुनः शुरु गर्दैैछ । यसअघि माघ २ गतेदेखि नै मतदाता सूचिकरण प्रारम्भ गर्ने जनाएको आयोगले सोमबार राष्ट्रिय शोक दिवस परेकाले आज मंगलबारदेखि दर्ता प्रक्रिया शुरु गर्न थालेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देशभरी ७७ जिल्लामा अनलाइन प्रक्रिया अनुसार आजदेखि मतदाता सूची दर्ताको काम प्रारम्भ हुँदैछ । उमेर पुगेका र यसअघि सूचीकृत हुन छुटेका नेपाली नागरिकले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् ।