५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 11:56 am
Banner

सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित 

सूचना प्रेस २०७९ माघ ३ मंगलबार ००:००, ११:४५ बजे १ मिनेट पढाइ

कैलाली । सुदूरपश्चिमको सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित हुनुभएको छ । तेस्रो पटक भएको मतदानबाट उहाँ सभामुखमा निर्वाचित हुनुभएको हो । 

कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा २३ मत परेको थियो ।