५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 8:55 am
प्रदेश

कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज 

सूचना प्रेस २०७९ माघ ४ बुधबार ००:००, ०७:१६ बजे १ मिनेट पढाइ

काठमाडौँ । कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज दिउँसो १ः०० बजे हुने भएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको मङ्गलवार बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन आज हुने जानकारी दिनुभयो । 

उहाँले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचनको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिनुभयो ।

त्यसैगरी, सभामुख गुरुङले कर्णाली प्रदेश प्रमुखको कार्यालयले पुस २८ गतेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पठाएको पत्र वाचन गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको साथै सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, आर्थिक मामिला तथा योजना र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी कार्य विभाजन गरिएको बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई बिना विभागीय मन्त्री बनाइएको छ ।