काठमाडौं – नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
बुधबार संघीय संसद सचिवालयमा उहाँले सभामुखमा मनोनयन दर्ता गराउनु भएको हो।
उहाँको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसी न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता, सत्ता गठबन्धनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसक्नुभएको छ ।