४ मंसिर २०८१, मंगलबार 1732048057
Banner

मन्त्रिपरिषद् विस्तारपछिको पहिलो बैठक सिंहदरबारमा जारी

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाउनु भएको थियो । उहाँले १२ मन्त्री र ३ राज्यमन्त्री थप्नुभएको थियो । सबैको कार्यविभाजन समेत भइसकेको छ ।