काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।
मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।