काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकालले निर्वाचन जितेपछि आफनो वडावासीलाई छिटो छरितो सेवा दिनुनै मुख्य प्राथमिकता भएको बताउनुभएको छ । वडामा हुने झन्झटबाट मुक्ति दिलाउन जनताको काम छिटो होस भन्ने कुरामा आफु सजग रहेको उहाँले बताउनुभयो । टोलवासीलाई पहिलाको भन्दा फरक र नयाँ के राम्रो गर्न सकिन्छ भन्ने कुरामा ख्याल गरेर अगाडि बढिरहेको उहाँले बताउनुभयो । आफु निर्वाचनमा जनताको सेवा गर्छु भनेर आएपछि जनतालाई राहत हुने काम नै गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । वडाको कामलाई छरिदो बनाउँदै उहाँले आफनो वडामा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य सुविधामा पनि ध्यान दिने गरेको बताउनुभयो । ज्येष्ठ नागरिकको स्वास्थय उपचार, सेवा सुविधा, औषधी सहज उपलब्ध गराउने कार्यमा आफुले पहल गरिरहेको बताउनुभयो । साथै वडावासीले शुद्ध खानेपानी पीउन पाउनु पर्छ भनेर खानेपानीको योजनालाई प्रमुख प्राथमिकतामा राखेर पाइप विस्तारको कार्य अगाढि बढाएको उहाँले बताउनुभयो ।
युवालाई स्वरोजगार बनाउने योजना अन्र्तगत विशेष गरि महिलालाई लक्षित गर्दै सिलाई कटिङ्गका कार्यक्रमहरु, अचार बनाउने तालिम लगायतका आत्मनिर्भर बनाउने योजनाहरु अगाढि बढिरहेको उहाँले बताउनुभयो । महिलालाई आयआर्जनसँग जोड्ने, यूवा क्षेत्रमा स्वरोजगारका कार्यक्रम ल्याउने, बालबालिकाको शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छु उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, यूवा स्वरोजगार, सामाजिक विकास, महिलालाई आत्मनिर्भर बनाउने लगायतका योजनाहरु आफनो प्राथमिकतामा रहेको उहाँको भनाई छ । वडाबासीको चाहना र आवश्यकता अनुरुप नै आफु अगाडि बढिरहेको अध्यक्ष ढकालले बताउनुभयो । जनताको सुझाब अनुसार आफुले नयाँ नयाँ योजना निमार्ण गरिरहेको पनि उहाँको भनाइ थियो ।