५ मंसिर २०८१, बुधबार 1732114573
Banner

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दै

काडमाडौं ।  सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको हो । 

आज १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बस्ने माओवादीले जनाएका छ । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो 

महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवेदन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।