काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सरकारबाट बाहिरिने निर्णय लिएपनि सरकारलाई दिएको समर्थन भने कायम राख्ने बताएको छ ।
यसबारे जानकारी दिन रास्वपाले केहीवेरमा पत्रकार सम्मेलन गर्दैछ ।