प्रेस चौतारी देशव्यापी रुपमा फैलिएको एमाले निकटको सञ्चार सञ्जाल तथा सङ्गठन हो । यसको २५ औँ स्थापना दिवस माघ २२ गते विभिन्न कार्यक्रम सहित देशभरि नै सम्पन्न गरिएको कुरा जानकारीमा आएको छ । वरिष्ठ पत्रकार गणेश बस्नेत अध्यक्ष भएपछि चौतारी राष्ट्रव्यापी बनेको देखिन्छ र तुलनात्मक रुपमा क्रियाशील रहेको गतिविधिबाट अवगत हुन्छ ।
प्रदेश नं. १ मा पनि सुनसरी र मोरङ लगायत जिल्लामा पनि भएको थाहा भयो र पत्रकारहरुलाई योगदानका आधारमा सम्मान गरेको जानकारी भयो । प्रसिद्ध पत्रकार नकुल काजी सम्मानित भएको सुन्दा खुसी पनि लाग्यो । कुनै पनि संस्थान समस्या रहित हुँदैन तर समय सापेक्ष सिर्जनात्मक सोच र कार्यक्रम गर्न सकिएन भने जसोतसो संगठन धान्ने काम मात्रै हुन्छ । एमाले अध्यक्ष ओली सिर्जनात्मक दुरदर्शी सोच र कार्यका दृष्टिले अनुकरणीय र उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँले कुनै काम नित्य कर्मझैँ बिहान उठेर शौचादि गर्नु कामै होइन भन्नु हुन्छ । यसलाई आधार मानेर चौतारीका काम हेर्ने हो भने २५ वर्षमा के कस्ता उपलब्धि प्राप्ति भयो भनेर हेर्ने हो भने कमजोरी पर्याप्त देखिन्छन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्रीले नेपालका ठूला भनिने पीत पत्रकार र पत्रकारिताका भद्दा नाम नामेसी र कृत्यहरु उजागर गरिदिए । एउटै मानिसले पनि नीडर भएर बोल्यो र सत्यतथ्य उजागर ग¥यो भने घना अन्धकार निस्तेज हुन्छ । अझ जनपक्षधर भनिने संस्था र पार्टीले जनताको साथ र सहयोग लिन जान्या भने सबै क्षेत्रका चरम विकृत पक्षहरुलाई ध्वस्त पार्न सक्छ र सकिन्छ । नेपालको संविधान २०७२ अनुसार धर्म,संस्कार र संस्कृतिका क्षेत्रका सबै खालका चरम विभेद,असमानता,अन्धविश्वास कुरीति र कुपरम्परालाई हटाउने कुरा स्पष्ट उल्लेख गरिएको छ र यो कुरा दण्डनीय हुन्छ पनि भनेको छ तर प्रगतिशील पत्रिका र मिडियाहरु चरम भाग्यवादी पुर्पुरोवादी चेत र चिन्तनलाई प्रवाह गरिरहेको देख्दा सरम लाग्छ । संस्कृतिका क्षेत्रमा वन्चरो प्रयोग गर्नु हुँदैन तर सियो सम्म प्रयोग गरेर क्रमशः अलिकति भए पनि सांस्कृतिक विसंगति घटाउने काम गरिएको देखिन्न । अझ कतिपय प्रेस चौतारीका अगुवा पत्रकार नै चरम अन्धविश्वासका पक्षधर देखिन्छन् । मृत आत्माको चीर शान्तिको र मृतकलाई स्वर्गवासको कामना गर्ने पत्रकार बाक्लै देखापरेका छन् ।
धेरै एमाले नेता,कार्यकर्ता र मोर्चा संगठनको अगुवा पङितलाई सही सूचना प्रवाह गर्ने मिडियाकै बारेमा जानकारी छैन । कुन पढ्ने के पढ्ने र कुन मिडियाका भर पर्ने नै थाहा नभएपछि सबै भ्रान्तिपुरका चखिला तर विकृत, विभ्रमित समाचार र विचार सुनेर एमाले जन नै अलमल्ल पर्नु कुन अचम्म भो र ?
चौतारीले यतिका वर्षमा कति अखवारी लेखक तयार पा¥यो होला कसैले भन्न सक्छ ? चौतारी त प्रयोगशाला हुनुपर्छ । पत्रकारिताका बहुआयामी प्रतिभा जन्माउने, भएका प्रतिभालाई समुन्नत बनाउने, दिग्गज पत्रकार र लेखक जन्माउनु पर्ने होइन र । त्यस अनुसारको मलिलो परिवेश बनाउनु पर्ने होइन ? समानान्तर प्रेस,मिडिया,पत्रकार र पत्रकारितका तुलनामा यो क्षेत्र हात्तीका मुखमा जिरा सरह देखिन्छ । कुरा चाहिँ यति ठूला गरिन्छ कि मैदान खाली नै छैन । साइवर सेना भनेर खूव हल्ला ग¥यो । अलिदिन पछि छाड्यो । छापा पत्रिकाको अभाव त छँदैछ अनलाइन खवर पत्रिका पनि ज्यादै कम देखिन्छन् । यस लेखकलाई नै लेख प्रकाशित गर्ने पत्रिकाको अभाव ज्यादै खड्किन्छ । विपक्षीहरु धुवाँधार रुपमा फरेवी कुरा धाराप्रवाह लेखि रहन्छन् तर यतातिर प्रतिवाद गर्ने लेखक खासै देखिन्न । जस्तालाई तस्तै प्रतिवाद गर्दा खरो भयो भनेर उल्टो आलोचना गर्ने नेता देखिन्छन् । पार्टी,नेता र मोर्चाका कमजोरी मित्रवत् उल्लेख गर्दा कटाक्षको भार र मार सहनु पर्छ । सच्चा मित्रले मित्रलाई सच्याउने गरी जबज अनुसार सुझाव र सल्लाह दिन्छ भन्ने पनि देख्दैनन् । विपक्षले पत्रकार र लेखकलाई उचित मान,मन र मनि दिन्छ तर यतापट्टि सामान्य प्रोत्साहन पनि पाइन्न । के गर्नु नलेखी बस्न सकिएन र मात्रै नत्र उल्टो अपमान र गाली खान हड्डी घोटिने पनि थिएन । खाने पानी संस्थाको एउटा सामान्य सदस्य बरु सम्मानित हुन्छ तर एउटा लेखक चवन्नी सदस्य बराबर पनि गनिँदैन । किनभने पानी र बानी माथिबाट आउँछ । नेताले कहिल्यै विषय विज्ञ,विद्वान् र लेखकको नामसम्म लिँदैनन् । प्रज्ञालाई चिन्न प्रज्ञाको आँखा नै चाहिँदो रहेछ । समग्र आन्दोलन र यसको आआफ्नो ठाउँमा महत्व छ र हुन्छ भन्ने नबुझ्ने नेताले लेखक, कवि, स्रष्टा र राष्ट्रिय जन सांस्कृतिक महासङ्ंघ र यस सित सम्बद्ध क्षेत्रका सिर्जना र सर्जकलाई व्यवहारतः पूरै बेवास्ता गरेको यस लेखकलाई थाहा छ । पार्टीका उपल्लै तहका कतिपय नेता सांस्कृतिक क्षेत्रको मूल पहिचान बनाएका स्थायी र केन्द्रीय सदस्य कमरेडलाई गीताङ्गे र सोताङ्गे झैँ व्यवहार गर्छन् । तिनलाई कला साहित्य र संस्कृति मानिसको मनको मैलो धुने साबु्न हो भन्ने नै थाहा छैन । समाजको गुणात्मक रुपान्तरणमा सिर्जना र स्रष्टाको महत्व पार्टीै अध्यक्ष ओलीले नै मातहत नेतालाई राम्ररी सिकाउनु र पढाउनु पर्ने देखिन्छ ।
धेरै एमाले नेता,कार्यकर्ता र मोर्चा संगठनको अगुवा पङितलाई सही सूचना प्रवाह गर्ने मिडियाकै बारेमा जानकारी छैन । कुन पढ्ने के पढ्ने र कुन मिडियाका भर पर्ने नै थाहा नभएपछि सबै भ्रान्तिपुरका चखिला तर विकृत, विभ्रमित समाचार र विचार सुनेर एमाले जन नै अलमल्ल पर्नु कुन अचम्म भो र ?
फेस बुक लगायत सामाजिक सन्जाल प्रयोग गर्ने हो भने पीत पत्रकारित ठाउँको ठाउँ निरस्त हुन्छ । तर सूचनामूलक र सन्देशमूलक विचार,चेतना,दृष्टि र दर्शन प्रवाह गर्नु भन्दा प्यारी सित गाला जोडेका,नेतालाई बधाइ दिएका आफ्ना मुखौटाहरु प्रवाह गरेका प्रायः देखिन्छन् । चलेका कतिपय अनलाइन पत्रिकाको भाषिक अशुद्धि पनि अचम्मकै पो देखिन्छ ।
फलानु काम गर्दा सिधै स्वर्ग पुगिन्छ भन्ने समाचार रौसिएर प्रवाह गरिन्छ तर चेतनामूलक विचार,गतिविधि र कार्यक्रमहरु छापिन लायक समाचार बन्दैनन् । नाम अग्रगामी तर समग्र व्यवहार भने यथास्थितिको भए पछि प्रगति कसरी होला,विचार गनुृ होला । धेरै नेतालाई मिडिया चाहिन्छ तर त्यसको उत्थानका लागि के कसो गर्न सकिन्छ व्यक्तिगत रुपमा के गर्न सकिन्छ मतलव नै नभएको जस्तो देखिन्छ । नत्र आफ्ना दिवंगत माता पिता र पुर्खाका नाममा पुरस्कार स्थापित गर्न सकिन्न तिनले यस क्षेत्रमा ठोस काम गर्दा तिनको पनि समाजले मान मनितो गथ्र्यो होला । अहिले पैसा नभएका नेता कोही छैनन् । ,५ १०,२० लाख र त्यस भन्दा पनि धेरै दिन सक्ने अक्षयकोष स्थापना गर्न सक्ने नेता पर्याप्त छन् । ब्रतबन्ध,विवाह र भोजमा लाखौँ र करोड खर्च सर्न सक्ने नेता र कार्यकर्ताले चिरस्थायी काम गर्न नसक्ने त होइनन् नि । केवल पत्रकार र लेखकले कलम खियाउन्ु घोट्न्ु र दुःखदुःखैमा जीवन बिताउनु र गाँस काटेर पुरस्कार स्थापना गनुृ पर्ने विडम्बना कहिले सम्म कमरेड । आफ्नो अचल श्रीसम्पत्ति ट्रस्टमा जम्मा गरिदिने अध्यक्ष ओलीबाट पनि अलिअलि उपल्ला तहका नेताले सिके कति जाती हुन्थ्यो ।
नेपालको संविधान २०७२ अनुसार धर्म, संस्कार र संस्कृतिका क्षेत्रका सबै खालका चरम विभेद, असमानता, अन्धविश्वास कुरीति र कुपरम्परालाई हटाउने कुरा स्पष्ट उल्लेख गरिएको छ र यो कुरा दण्डनीय हुन्छ पनि भनेको छ तर प्रगतिशील पत्रिका र मिडियाहरु चरम भाग्यवादी पुर्पुरोवादी चेत र चिन्तनलाई प्रवाह गरिरहेको देख्दा सरम लाग्छ । संस्कृतिका क्षेत्रमा वन्चरो प्रयोग गर्नु हुँदैन तर सियो सम्म प्रयोग गरेर क्रमशः अलिकति भए पनि सांस्कृतिक विसंगति घटाउने काम गरिएको देखिन्न ।
देश र जनतालाई सही, सत्य र तथ्य सूचना प्रवाह गर्ने संस्था र संगठनका रुपमा चिरपरिचित पृष्ठभूमिको यस संस्थाले २५ वर्षमा गरेका कामको लेखाजोखा गर्दा मात्र भावी दिशा तय गनै सजिलो हुन्छ । अझ प्रचार विभाग नै यसको नीतिगत लगायत विषयगत अनेक सन्दर्भमा निर्देशन र सहजीकरण गर्ने संस्थाका रुपमा रहेको माथिल्लो संगठन र नेतृत्व रहेको देखिन्छ । तर आंशिक रुपमा चौतारीका सकारात्मक पक्षहरु धेरै छन् तर समग्रमा हेर्दा धेरै कमजोरी,अभाव र ऋणात्मक पक्षहरु देखिन्छन् ।
एमालेका सबै नेता ,कार्यकर्ता,मोर्चा संगठन र तमाम अगुवाहरु आआफ्ना विषय क्षेत्र र तहबाट सही सूचना र सञ्चार प्रवाह गर्ने कुरामा सचेत हुँदा समाधान सजिलै देखिन्छ । एउटा स्रष्टा र कलाकारले पनि सिर्जना मार्फत् विकृतिलाई कलात्मक रुपमा छाँप्न र प्रगतिशील विचार,चिन्तन र चेतनालाई कलात्मक रुपमा प्रवाह गर्न सक्छ । अनि प्रगतिशील संस्कार र संस्कृति निर्माण गर्ने काम सबैको हो भन्ने चेत नआउन्जेल काम सतही रुपमा मात्र हुने निश्चित छ ।
केही दिन अघि महासचिव शंकर पोखरेलले प्रदेश १ को बैठकमा अत्यन्त महत्वपूर्ण र सारगर्भित मन्तव्य दिनु भयो । त्यस बेला उहाँले जनता, देश र एमाले विरुद्ध कुविचारको संगठित खेती गरिरहेको बताउनुभयो । यसमा चनाखो हुनु पर्ने कुरा पनि गर्नुं भयो । तर जनताको पङितलाई सुविचार प्रवाह गर्ने पनि चाहियो होला नि त्यसका लागि सूचनाको सातपत्र थाहा हुने लेखक टिप्पणीकार पनि हुनु पर्ला नि । किनभने सबै एमाले जनलाई सही सत्य कुराको अन्तर्य खोजेर, हेरेर र पर्गेलेर लेख्ने बोल्ने र आम जनता समक्ष प्रवाह गर्ने क्षमता नहुन सक्छ नि । त्यस्तो बेला भीडका कुरा त अनेक थरि हुन्छन् । त्यस बेला सही विचार र सूचना लेखक र विश्लेषक मार्फत् हुने होला नि खै त यस्ता विषयमा आजका दिन सम्म खख्या गरिएको देखिन्न । हिट्लरले पनि आफूलाई एउटा लुरे पत्रकार र लेखक तथा विश्लेषकदेखि धेरै डर लाग्छ भनेका थिए । तर हामी हाम्रा प्रतिभा चिन्दैनौ चिनेपनि वास्ता गर्दैैनौँ प्रतिभा हुर्काउने कुरामा त ध्यानै दिँदैनौँ । अनि कसरी कुविचार विरुद्ध हाम्रो अभियान सुरु हुन्छ र सफल हुन्छ ?
केही दिन अघि महासचिव शंकर पोखरेलले प्रदेश १ को बैठकमा अत्यन्त महत्वपूर्ण र सारगर्भित मन्तव्य दिनु भयो । त्यस बेला उहाँले जनता, देश र एमाले विरुद्ध कुविचारको संगठित खेती गरिरहेको बताउनुभयो । यसमा चनाखो हुनु पर्ने कुरा पनि गर्नुंभयो । तर जनताको पङितलाई सुविचार प्रवाह गर्ने पनि चाहियो होला नि त्यसका लागि सूचनाको सातपत्र थाहा हुने लेखक टिप्पणीकार पनि हुनु पर्ला नि ।
प्रचार प्रसारको दुनियाँमा पीत पत्रकारिताले आम जन मानसलाई निक्कै ठूलो भ्रममा पारेको छ । गोयवल्स शैलीको विकृत पुँजिवादी तथा साम्राज्यवादी कुप्रचारको कुप्रभाव नेपालमा धेरै हाबी देखिन्छ । आम जनतालाई ए साँच्चै हो कि भनेझैँ पार्ने र बुज्झकीहरुलाई पनि अलमल्याउने कुटिल पारा यस्ता खालका प्रचारवाजीको भूमिका हुने गर्छ । नेपालका केही ठूला मिडियाहरु आक्कलझुक्कल बाम विचारका लेख, रचना र कतिपय सही सूचना प्रसारित गरेर आफ्नो अन्ुहारको कालो पोत्न उद्यत देखिन्छन् तर तिनीहरु जनपक्षधर होइनन् भन्न सकिने धेरै आधार पाइन्छन् ।
एमाले वा देशव्यापी जनपक्षधर शक्तिलाई एक साथ बौद्धिक प्रतिवाद वैचारिक प्रतिवाद गर्ने हो भने सय थुकी नदी हुन्छ र यसैमा सबै भ्रमित विचार र समाचारलाई बगाउन सकिन्छ । त्यसैले कम्तीमा जनपक्षधर वा प्रगतिशील पत्रकारहरुका बीच कार्यगत ऐक्य हुनु अपरिहार्य देखिन्छ । विकृत पुँजिवादीहरुमा वर्ग पक्षधरतामा चट्टानी कटिबद्धता देखिन्छ ।
पार्टीका उपल्लै तहका कतिपय नेता सांस्कृतिक क्षेत्रको मूल पहिचान बनाएका स्थायी र केन्द्रीय सदस्य कमरेडलाई गीताङ्गे र सोताङ्गे झैँ व्यवहार गर्छन् । तिनलाई कला साहित्य र संस्कृति मानिसको मनको मैलो धुने साबु्न हो भन्ने नै थाहा छैन । समाजको गुणात्मक रुपान्तरणमा सिर्जना र स्रष्टाको महत्व पार्टीै अध्यक्ष ओलीले नै मातहत नेतालाई राम्ररी सिकाउनु र पढाउनु पर्ने देखिन्छ ।
मोर्चा संगठनहरु प्रकृति,प्रवृत्ति र प्रभावका आधारमा भिन्न चरित्रका भए पनि एउटै ध्येयका हुन्छन् । बौद्धिक,प्राज्ञिक तथा लेखकीय चरित्रका संगठनमा मात्रात्मक पक्ष नजरअन्दाज गर्न नसकिने विषय हुँदाहुँदै पनि यस्ता संस्थाको मूल चरित्र गुणमा निहित हुन्छ । कलमको बाहुल्य हुनुपर्ने र कलमका आधारमा पहिचान स्थापित गर्नुपर्ने मोर्चामा जब कलम कमजोर हुन्छ भने त्यसले आफ्नो अस्तित्व सबल बनाउन सक्तैन ।
(इटहरी निवासी लेखक प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ )