२८ बैशाख २०८३, सोमबार 1778493300
Banner

जनयुद्ध दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जनयुद्ध दिवस फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार दिउँसोको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।