२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:19 am
प्रदेश

गण्डकीमा फागुन ४ गते सरकार स्थापना दिवस मनाइने

सूचना प्रेस २०७९ फाल्गुन १ सोमबार ००:००, १०:२९ बजे १ मिनेट पढाइ

पर्वत । ​सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार २०७८ सालको चैत १८ गते तत्कालीन मन्त्रिपरिषद्ले फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गण्डकी प्रदेश सरकारले यो बाहेक अन्य तीन दिनका लागि पनि बिदाको घोषणा गरेको छ।

प्रदेश सरकारले आगामी चैत १५ गते चैते दसैँको अवसरमा पनि बिदा दिएको छ।