१० मंसिर २०८१, सोमबार 1732548727
Banner

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको निर्वाचन आज, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार हिजो उम्मेदवारी दर्ता र आज निर्वाचनको समय तोकिएको छ ।

बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभयो ।

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल रहनुभएको छ । महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।

यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबारदेखि सुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ ।