नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठक बालुवाटारमा पुन: सुरु भएको छ ।
दिउँसो १ बजे यी दल पाँच दलीय गठबन्धन व्यूँताउने सहमतिसहित राष्ट्रपतिको उमेदवारसहित सत्ता साझेदारीमा सहमति निर्माण गर्न पाँच बजे पुन: बस्ने सहमति गरेर बाहिरिएका थिए ।
उनीहरुबीच राष्ट्रपति र उपराष्ट्रपतिसहित सत्ता साझेदारी र प्रदेशसम्म शक्तिको बाँडफाँटमाआजै सहमति गर्ने समझदारी कायम भएको छ ।
बैठकमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसालसमेत सहभागी छन् ।