९ मंसिर २०८१, आइतबार 1732437798
Banner

 गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्य नभएको भन्दै नियमापत्ति जनाउनुभएकाे थियाे । 

२७५ सांसद रहेको प्रतिनिधिसभामा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।

संसद बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्छ। ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा ५० जना मात्रै सांसद उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरे। 

दिउँसो साढे १ बजे सुरु भएको बैठक चार घण्टासम्म चलेको थियो।