काठमाडौं । राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
शनिवार बिहान साढे ८ बजे बैठक बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय वीपीनगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन सूचित गरिएको छ । बैठकले पार्टीबाट राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने जनाइएको छ ।
राष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवार मनोनयन दर्ता गर्नुपर्नेछ । मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन् ।
शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि काँग्रेस राष्टपति बन्नेमा निश्चित जस्तै बनेको छ ।