८ मंसिर २०८१, शनिबार 1732371490
Banner

राष्ट्रपति निर्वाचनका लागि विहान १० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता हुँर्दै

काठमाडौै । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपति उम्मेदवार बन्न ५/५ जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२र६३ को आन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । ८ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन् ।

राष्टपति चयनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाताले मतदान गर्न पाउने छन् ।