८ मंसिर २०८१, शनिबार 1732386406
राजनीति

राष्ट्रपतिमा पौडेल जित्ने नेता खड्काको दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने दाबी गरेका छन् । मंगलबार यहाँ आयेजित अन्तरक्रिया कार्यक्रममा उनले सो दावी गरेका हुन् ।

‘राष्ट्रपतिजस्तो गरिमामय पदमा सर्वसम्मत् गरौं भन्ने हाम्रो प्रस्ताव हो । रामचन्द्र पौडेललाई हामीले अघि सारेका छौं । एमालेले सुवास नेम्वाङलाई अघि सारेको छ । सुवास दाई शालिन व्यक्तित्व हो । तर निर्वाचन नेता पौडेलले जित्नु हुन्छ’ उनले भने ।

नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने, ‘यो कुरा विल्कुल गलत हो । कांग्रेस त्यसमा जाँदैन् । एक दुई महिनामा सरकार गिर्ने कुराले मुलुकलाई समस्या पार्ने उनको भनाइ छ ।

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता नलिएकाले रास्वपा पनि सरकारमा आउनसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘उहाँहरुले समर्थन फिर्ता लिनुभएको छैन्, त्यसैले उहाँहरु पनि आउनुहुन्छ ।’