काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्ड पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते निधन भएको थियो ।
सो क्रममा पुनले स्वर्गीय मोहनप्रसादप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । उनीसँगै नेकपाकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती मगर र नेता दिनानाथ शर्मा पनि गएका थिए ।


