काठमाडौं । ८ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ।
निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन ८ दलले बोलाएका थिए। आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ।
८ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ। बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका छन्।
पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो।