२१ बैशाख २०८३, सोमबार 1777893092
Banner

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई मत दिन प्रचण्डको निर्देशन

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भने।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराएका थिए। प्रचण्डले भने विश्वासको मत दिन निर्देशन दिएका छन्। अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ ।