८ मंसिर २०८१, शनिबार 1732397122
समाचार

जंगलको आगो वस्ती पस्दा २ घर जले

काठमाडौं। पाँचथरको कुम्मायक गाउँपालिका–१ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन्।

आगलागीबाट कुम्मायक गाउँपालिका–१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो। स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि सकेनन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।