२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:57 am
Banner

माओवादी घटकको बैठक बालुवाटारमा सुरु

सूचना प्रेस २०७९ फाल्गुन २३ मंगलबार ००:००, ०९:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

१० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारका पार्टीहरूको बैठक मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बिहान साढे ८ बजेका लागि बैठक बोलाएपनि केही ढिला गरी सुरु भएको हो ।

यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए।

सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए।