९ मंसिर २०८१, आइतबार 1732470767
राजनीति

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

नेकपा (एमाले)को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई आज संसदीय दलको उपनेतामा मनोनयन गर्नुभएको हो ।

इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुनुहुन्छ । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री हुनुभएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गर्नुभएको थियो ।