१ जेष्ठ २०८३, शुक्रबार 1778902231
Banner

सरकारले अर्थतन्त्र बेहाल अवस्थामा पुर्‍यायो : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्रलाई बेहाल अवस्थामा पुर्‍याएको आरोप लगाउनु भएको छ ।

आज एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारले उत्पानदनमा जोड दिनुको सट्टा थर्काएर हैरानी पार्ने काम गरेको आरोप लगाउनु भयो ।

‘व्याकमेलको जस्तो थर्काएर ताला लगाएर छापा लगाएर कसरी हैरानी पार्न सकिन्छ, कसरी थर्काउन सकिन्छ भन्ने खालका प्रकृतिका कामहरु भइरहेका छन्’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिला बाहिर बसेर गर्थे अहिले राज्यमा बसेर त्यही कुरा आज फरक ढंगमा गर्न खोजिरहेका छन् यो अर्थतन्त्रका लागि गम्भीर र नकारात्मक हो।’

अर्थतन्त्रका ४ वटा क्षेत्र प्रभावित भएको उहाँले बताउनु भयो । आफ्नो सरकारले उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य लिएको दाबी गर्दै उहाँले आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने रहेको भए पनि अहिलेको सरकारले वेवास्ता गरेको उनले आरोप लगाउनु भयो । उहाँले आफूले सडेगलेका चिज किन खानु परो भनेर नेपालमा त्यलाई बन्द गरेको भए पनि कमिशनको खेलले खुलेको टिप्पणी गर्नु भयो ।

‘त्यसलाई बन्द पनि गरेको थिएँ, कतिपयलाई घाटा पनि लाग्यो होला’ उहाँले भन्नुभयो, ‘एक जनाको व्यापार सपार्नलाई राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव नपारौं ।’