२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 8:47 pm
समाचार

अझै तीन दिन मौसममा सुधार नआउने

सूचना प्रेस २०७९ चैत्र ८ बुधबार ००:००, ०७:४४ बजे १ मिनेट पढाइ

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भूभागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।