९ मंसिर २०८१, आइतबार 1732448500
अर्थ

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबी बैंकको भ्रमण

काठमाडौं । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष श्री सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गरेको छ।

एनएमबी बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो । ​

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात् गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्‍याएको उल्लेखनीय योगदानबारे समेत प्रकाश पारे।

प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्न ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टजस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताबारे जोड दिए।

साथै, प्रतिनिधिहरूले बैंकले जलविद्युत परियोजनामार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरूको सशक्तीकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समूहहरूको स्तरोन्तिका लागि बैंकले गरेको योगदानबारे छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरूले सोसम्बन्धी प्रतिक्रियासमेत आदानप्रदान गरे। ​

एनएमबी बैंक २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘कवर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।