९ मंसिर २०८१, आइतबार 1732468673
Banner

प्रचण्डको निर्देशनपछि गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिन आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीयले जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ ।