९ मंसिर २०८१, आइतबार 1732497442
Banner

लुम्बिनी सरकारबाट माओवादीका मन्त्रीले दिए राजीनामा


काठमाडौँ — लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आइतबार मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो । राजीनामा बुझाएपछि प्रदेश प्रमुखको कार्यालयमा जाने क्रममा कांग्रेसको प्रदेश कार्यालयमा माओवादी र कांग्रेसका नेताहरू ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।