७ जेष्ठ २०८३, बिहिबार 1779389261
Banner

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीलाई भेट्न सोमबार विहान सभामुख घिमिरे बालुवाटार पुगेका थिए। संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको बताइएको छ।

त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल भएको बताइएको छ।