८ मंसिर २०८१, शनिबार 1732388875
Banner

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् ।

सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।