२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:27 am
Banner

बारा २ को उम्मेदवारमा कांग्रेसबाट राधेचन्द्र यादव सिफारिस

सूचना प्रेस २०७९ चैत्र १३ सोमबार ००:००, १५:२४ बजे १ मिनेट पढाइ

वीरगन्ज । बारा २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

सोमबार कलैयामा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।