९ मंसिर २०८१, आइतबार 1732472082
राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक अब चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न भने बाँकी भएकाले खड्काले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

मन्त्रालय बाँडफाँटमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सत्ता गठबन्धनमा रहेका १० दलको संयुक्त बैठक बोलाएका छन् ।