२६ जेष्ठ २०८३, मंगलबार 1781066003
Banner

बालुवाटारतर्फ लागे मिटरब्याज पीडित

काठमाडौं । बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सडकमै काठमाडौँको पहिलो रात काटेका छन्। बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लम्किएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न उनीहरू त्यसतर्फ लागेका हुन्। यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू रहेका छन्।

यसअघि हिजो काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो। सो क्रममा उनीहरूको राशन बोक्ने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर मध्य राति मात्र फिर्ता दिएको उनीहरूको आरोप छ।