काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले साढे २ महिनाको अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे।
उनले भने ‘पानीको वितरण २ महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’
आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणा गरेको स्मरण गर्दै उनले त्यो घोषण अनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए।