८ जेष्ठ २०८३, शुक्रबार 1779489653
Banner

पहिचानवादी आन्दोलनकारीले गरे वडा कार्यालय र प्रहरीको गाडी तोडफोड

काठमाडौं । कोशी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादी झन् उग्र बनेका छन्। आज आन्दोलनकारीहरूले इटहरीको वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा तनाव अझ बढाएको हो।

तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन्। कार्यवाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यकालमा तोडफोड भएको हो। तोडफोडबाट झ्यालका सिसा फुटेका छन्। वडा कार्यालयको डिजिटल बोर्ड समेत तोडफोड गरिएको छ।

उनीहरूले तरहरा प्रहरी चौकीको ना.१ झ ६२० नम्बरको गाडीको सीसा पनि फुटाएका छन्।