९ मंसिर २०८१, आइतबार 1732487365
राजनीति

तनहुँ-१ र बारा-२ मा उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौ। तनहुँ-१ र बारा-२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।

यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ । चितवन-२ मा १८ दल भएका छन्।

तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ।

आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचनको मिति घोषणा गरेको थियो।