२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:37 pm
Banner

मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले बोलाए बालुवाटार

सूचना प्रेस २०७९ चैत्र १८ शनिबार ००:००, ०७:५९ बजे १ मिनेट पढाइ

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन्।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ।

काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ। पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन्। ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।