१२ भदौ २०८३, शुक्रबार 1787926008
समाचार

धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात

काठमाडौं। मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन—चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।

आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात पनि हुने मौसम पूर्वानुमान माशाखाले जनाएको छ।

आइतबार मौसममा केही सुधार हुने देखिएको छ। कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। थोरै ठाउँमा पानी पर्ने सम्भावना छ।

महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।