काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाकाे सुनुवाइ राेकिएकाे छ ।
बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।
सोमबार दर्ता भएको उक्त रिट न्यायाधीश सिन्हाको इजलासमा परेकाे थियाे । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएकाे थियाे । प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि पौडेलले रिट निवेदन दर्ता गराउनुभएकाे थियाे ।