८ मंसिर २०८१, शनिबार 1732373594
Banner

अनेम सङ्घको राष्ट्रिय सम्मेलन र राष्ट्रवाद

अखिल नेपाल महिला सङ्घ, मुलुकको शक्तिशाली सङ्गठन हो । आगामी चैत्र २५ र २६ गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा यसको राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । देशका ७७ बटा जिल्लामा यो सक्रिय रहेको अनेम संघका जिल्ला प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन् । यस सम्मेलनले कम्युनिस्ट नाममा कलंङ्क र जनघात राष्ट्रघात पक्षधर माकुने र प्रचण्डका तमाम पोलखोल्ने सन्दर्भमा केन्द्रित रहनेछ । मदन भण्डारीले नाम र झण्डाका भरमा मात्र कसैलाई पनि कम्युनिस्ट भन्न हुन्न र तिनसित बोक्रे सम्बन्ध राखे पनि घनिष्ट सम्बन्ध राख्नु हँुदैन भन्नु भएको छ । त्यसैले नाम मात्रका कम्युनिस्ट नेताका कारण केही असामान्य असहज अवस्था आए पनि तिनका भ्रमबाट मुक्त भई सयौँ दिदी बहिनी र आमाहरु अनेम संघमा नै फर्केर आउनु भएको छ । यसरी भ्रममुक्त भई फर्किने क्रम जारी छ । यसरी देश ,जनता र जनजीविकाको हितका लागि सम्पूर्ण प्रगतिशील महिलाहरु अझ दरिलो बन्दै गएका छन् ।

एमालेको भगिनी संगठन रहेको अनेम संघ आफ्नो पार्टी र महिला संघ प्रति गर्व गर्दछ । किनभने एमाले पार्टी भने महिलालाई समान अधिकार दिने कुरामा पहिलो नम्बरमा नै पर्छ । यस पार्टीले अनेम संघले उठाएका जायज मुद्धालाई प्राथमिकता दिन्छ र त्यसलाई लागू पनि गर्छ । निवर्तमान राष्ट्रपति विद्या भण्डारी यस संघको अध्यक्ष हुँदा ३३ प्रतिशत महिलालाई राज्यका नीति निर्माणका विभिन्न तहमा समावेश गराउनु पर्ने माग जोडदार रुपमा राखिएको थियो । यसले गर्दा महिला राष्ट्रपति देखि स्थानीय तहमा उपप्रमुख सम्म हुने मौका पाइएको हो । अझ महिलाको बौद्धिक तथा वैचारिक विकासमा हामीले राम्ररी ध्यान दिने हो भने ५० प्रतिशत सहभागिताको माग अपरिहार्य हुन्छ । तर यस सबालमा एमाले जस्तो उदार र फराकिलो सोच नेपाली काङ्ग्रेसमा पटक्क पाइन्न । अझ माओवादी र माकुने जस्ता कम्युनिस्टको बिल्ला भिरेका तर कम्युनिस्ट चिन्तन र चरित्र नभएकाहरु इस विषयमा खोटी व्यवहार राख्छन् । यसैपालि महिलाले नै पाउनु पर्ने संविधान प्रदत्त उप राष्ट्रपतिको अधिकार खोसेर लगे । संविधानमा फरक लिङ्गको उप राष्ट्रपति हुनु पर्ने किटानी व्यवस्था छ । तर त्यसको ठाडो तिरस्कार गरियो ।

त्यसैले हामी महिलाहरुमा महिला हक हितका सबालमा एकताबद्ध हुन र अधिकार प्राप्तिका लागि संगठित हुन पनि जरुरी रहेको छ । यसैले अनेम संघको राष्ट्रिय सम्मेलनमा यस्ता विषय उठ्नु पर्छ । महिला हक हितका लागि भनेर खुलेको र खोलिएका संगठनले पनि यस्ता विषयलाई ख्यालख्याल ठान्नु हुँदैन । विगतमा सम्पन्न अनेम संघको विस्तारित राष्ट्रिय भेलाले धेरै कुराको र्फैसला गरिसकेको छ । भेलाले सर्वसम्मतिले अब केन्द्रीय समिति २२५ सदस्य रहने कुरा पारित गरेको छ । यसमा १ अध्यक्ष सात उपाध्यक्ष १ महासचिव र सात सचिव तथा कोषध्यक्ष गरी १७ सदस्यीय कार्यकारी निर्माण गर्ने निर्णय गरेको छ र ३, ३ वर्षमा केन्द्रीय सम्मेलन २ वर्षमा वर्षमा जिल्ला १,१ वर्षमा नगर तथा गाउँ सम्मेलन गर्ने निर्णय पनि गरेको छ । केन्द्रले विभिन्न विभाग गठन गर्ने सन्दर्भमा यस पालि कला, साहित्य र संस्कृति विभाग गठन गर्ने निर्णय गरेको छ ।

अब भने ३ पटक बैठकमा उपस्थित नभए स्वतः हट्नु पर्ने, केन्द्रीय सदस्यहरुले मासिक लेबी १००, वार्षिक रुपमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ । केन्द्रीय अध्यक्ष थममाया थापाका अध्यक्ष, सचिव सुजिता शाक्य, सीता पौडेल जस्ता नेतृहरु हुनुहुन्छ । पञ्चायत काल, नेका काल र माओवादी लगायतले सांघातिक आक्रमण जीवन साथीहरु मारिएर एकल जीवन बिताउन बाध्य दिदी बहिनी सहिद पत्नीहरु संघमा क्रियाशील हुनुहुन्छ । संघको उत्थान र विकासमा महिलाको धेरै रगत पसिना बगेको छ । सम्मेलनका बेला सबैलाई केन्द्रय सदस्य र पदाधिकारी बन्ने उत्पात रहर हुन्छ तर कामले काम सिकिन्छ । तल्ला तहका नगर र जिल्लामा प्रमुख भएर काम सिकेकाहरुबाट काम अगाडि बढाउन आउँछ नत्र अलमल पर्ने अवस्था पनि आउँन सक्छ ।

अनेम संघको केन्द्रीय लगायत कतिपय समितिमा हजुरआमा आमा पुस्ताका महिलाहरु हुनुहुन्छ । लामो समय यस क्षेत्रमा काम गरेकाले यस संस्थाप्रति उहाँहरुको धेरै माया र प्रेम रहेको छ । इटहरीमा पुराना नेता स्व. ओम कोइरालाको पूरै परिवार पार्टीमा लागि प¥यो । कोइरालाका घरमा मदनको सानो पुस्तकालय नै रहेको थियो । सुनसरीको कम्युनिस्ट आन्दोलनको इतिहास अन्वेषण कार्यदलका संयोजक प्रा.डा. बद्रीविशाल पोखरेलर्ले एक प्रसंगमा बताउनु भएको थियो तर मरिमेटेर काम गर्नेलाई खासै मतलब नगर्ने परिपाटीका कारण कार्यकर्तामा निराशा उत्पन्न भएको डा. पोखरेल बताउनु हुन्छ । ओम कोइरालाका घरकै नेतृ रुक्मणि कोइराला अग्रणी नेतृ हुनुहुन्छ । हामीले इटहरीमा रहेर अनेम संघका नमुना काम गरेका थियौँ । नौमहिनाको गर्भ रहेका बेला ०४६ सालमा ढुङ्गालाई सहिदको प्रतीक बनाएर पूजा गरेर स्थानीय राधाकृष्ण मन्दिरबाट व्यानर सहित इटहरी चोकको परिक्रमा गर्दा हामी ठूलो आपतमा परेका थियौँ । इटहरीका ट्राफिक प्रमुखले हाम्रा जुलुसभित्र नै ठूलो मोटरसाइकिल हुइँक्याउँदै हामीलाई घायल गर्नेगरी हुलेपछि हामी धेरै नै आत्तिएका थियौँ । त्यति बेलादेखि हालसम्म सक्रिय रहेका साथीहरुमा राधा भट्टराई,अमला श्रेष्ठ,शकुन्तला भण्डारी,बिना खनाल,सिर्जना नेपाली,राधा गुरुङ,कमला खड्का आदि हुन् ।

यसरी कम्तीमा उहिल्यै देखि मरिमेटेर लागेका महिलाहरुले योग्यता, क्षमता र अनुभवका आधारमा राजकीय र राजनैतिक अवसर नपाएर गुनासो रहेको छ । यस्तो हुँदा दिदी बहिनीहरु पनि निराश हुँदा रहेछन् । सम्मेलनमा मेची महकालीबाट प्रतिनिधि साथीहरु आउँछन् । कसैकसैका त आफन्त काठमाडौँमा नहुँन पनि सक्छन् भए नै पनि चाँजोपाँजो नमिल्न सक्छ । त्यस्तो अवस्थामा कम्तीमा एक जनाले एक सम्म प्रतिनिधि साथीहरुलाई च्याप्न सके सहज हुन्थ्यो । काठमाडौँमा नै घरबार भएकाले महिलामैत्री व्यवहार गरे आपसको मित्रता अझ दर्बिलो हुने थियो । कमरेडका पनि घर छन् तिनले पनि दुई रात बास दिन सकिन्छ चाहना हुँदा । कतिपय सहरमा अतिथि सदन,सेवा सदन आश्रम जस्ता सस्तो मूल्यमा बस्ने व्यवस्था पनि हुन्छ । गाउँले र सहरिया,हु््ने खाने र हुँदा खानेका बीचमा जस्तो बरब्यवहार कदापि गर्नु हुन्न । यसमा भने धेरै ध्यान दिनु पर्छ । सम्मेलनमा गरगहना र महँगा लुगाको देखाउने खालको अवस्था त नहोला तर यस्तैमा बानी परेकाहरुले भने आफ्नो परानो बानी छाड्न गाह्रो पनि पर्ला । अध्यक्ष ओली नेता र कार्यकर्तालाई फोन गर्न बोल्न र सादा नेपाली पोसाक लगाउन सिकाउनु भएको त छ । धेरैले नसुनेको पनि हुनसक्छ । किनभने असल जाती र ज्ञानी कुरा सुन्ने भन्दा फेसबुकका सस्ता कुरामा दिन रात बिताउने बानी पनि हामीमा केही न केही होला ।

हामी महिलाहरु पुरुष भन्दा कुनै मानेमा पनि कमजोर छैनौँ भन्छौँ तर वैचारिक र बौद्धिक तथा लेखन प्रशिक्षण गर्ने कुरामा अझै धेरै पछि छौँ । यसैले ऐन मौकामा हामी कमजोर देखिएका छौँ । लेनिनसित टक्कर लिने र याज्ञवल्क्य जस्ता सित वहस गर्ने गार्गी जस्ता महिलाको कुरा गर्छौँ तर हाम्रो काम भने कमजोर देखिन्छ । कान्तिपुर लगायत अखबारमा अनेम संघ,एमाले र ओली विरोधी लेखहरु विपक्षका महिलाहरु लेखिरहेका छन् । तर हाम्रा महिला के लेख्छन् थाहा पाइएको छैन । यतिका संघ र प्रदेशमा गरी सभासद्को भारी रहेको छ तर मिडियामा मात्रै होइन सभामा तिनको अनुहार र बोली खासै सुन्न पाइएको छैन । आफू पनि नलेख्ने लेख्नेलाई पनि नदेख्ने वा देखी नसहने अवस्था पनि म आफैँले बेहोरेकी छु । कम्तीमा नेतृ पेम्बा लामा भने प्रोत्साहित गरिरहनु हुन्छ नत्र पढ्दै नपढेको हो कि आफूले नलेखेकामा पछुतो भएर हो कि किन प्रोत्साहन गर्नु भनेर हो कि अहँ चर्चा नै गर्दैनन् नेतृहरु । सिक्ने कुरा जहिले जुन उमेरमा जहाँ वपनि सिक्न सकिन्छ ।

अनेम संघमा पुराना पुस्ता धेरै मात्र होइन भरमार रहेको देखिन्छ । मैले त पहिले देखि नै शिक्षक शिक्षिका प्राध्यापक र मावि र कलेजका छात्राहरुलाई संघमा आवद्ध गराउन गरिभनी आएकै हो । तर माकुने प्रवृत्तिले यस्तो कुरा सुन्नै चाहेन । कम्तीमा कलेजका छात्राहरु केही प्रोत्साहन पुरस्कार दिने गरी प्रतियोगितात्मक सिर्जनात्मक कार्यक्रम गर्ने हो भने महिलाको ताँती लाग्छ । तर प्रतिभाशाली महिला आए हाम्रो अवस्था कमजोर हुन्छ भन्ने गरीव मानसिकता भने अब त्याग्नु पर्छ ।

बाहिर मुट्ठी बटार्ने नेता नै घरलाई चेतनशील र जागरुक बनाउने कुरामा ध्यानै दिँदैनन्मा नेताले माधव नेपाल नै नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष भएका भए यो पार्टीको अस्तित्व समाप्त नै हुने थियो । तर ओली अध्यक्ष भए पछि यो पार्टी विगतको जस्तो विकृत अवस्थाबाट मुक्त हुने काममा लागेको देखिन्छ । तर पनि सुनसरी लगायत कतिपय जिल्लामा माकुने कालको पुरानो खालको अत्यन्त विकृत अवस्था व्याप्त रहेको छ । गलत बेहोरा माथि माथिबाट आएपछि तल तलको पार्टी बिग्रन लागेको हो । यसैले पानी र बानी माथिबाट आउँछ भनेको होला । पहिले पहिले अनेम संघमा लाग्दा कुनै पद,पदोन्नति र प्रतिष्ठा गौण हुन्थ्यो । पार्टी र आन्दोलनको उठानमा मात्र हामी सबै लागिपथ्यौँ तर अहिले काठमाडौँमा आएका ९५ प्रतिशत हामीहरु संघ,प्रदेश र स्थानीय स्तरमा केही न केही औसर पाइएला भन्ने कुनै न कुनै आशा लिएर आएको लाग्यो । योग्यता,अनुृभव र काम गर्ने क्षमता , इमान्दारिता आदि आधारलाई कतिपय अवस्थामा लत्याएर केहीलाई खास मापदण्ड विपरीत शुभलाभको अवसर दिएकाले महिलाहरुमा काम गर्ने उत्साह घटेको पाइयो । कतिपय नेताले आफन्त बहिनी दिदी,पत्नी,ज्वाईँ आदिलाई कुनै पनि खालको अवसर दिँदा निराशा बढेको छ । निश्चित विधि,विधान र पद्धति अपनाउने हो भने कसैले पनि भन्ने ठाउँ हुन्न तर मनलाग्दी गर्दा समस्या जटिल बन्न सक्छ । त्यसैले मिसन ग्रारुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान सफल पार्ने हो भने पार्टी र मोर्चा संगठनका सबै खालका समस्याको समाधान जूरुरी देखिन्छ । यस बारे अनेम संघको सम्मेलनमा अवश्य बहस होला र हुनुपर्छ ।

इटहरी निवासी चेलीको चीर हरण कृतिकी लेखक पोखरेल अनेम संघ,केन्द्रीय सदस्य हुनुहुन्छ ।